एसपी खवर
जनकपुरधाम, वैशाख २० : लायन्स क्लब जनकपुरको नयाँ कार्यसमिति गठन भएको छ । नव अध्यक्षमा रिषिकेश साह चयन भएका हुन । लायन्स क्लब जनकपुरको नयाँ कार्यसमिति गठनका लागि पुर्व अध्यक्ष ला. लालबाबु साहको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचन प्रकृया पूरा गरि पेश गरेको प्रतिवेदनलाई सर्वसम्मतिबाट पारित गर्दै नयाँ कार्य समिति गठन भएको छ ।
लायन्स क्लब जनकपुरधाममा कुल ४४ जना सदस्यहरु रहेकोमा अध्यक्ष पदमा लायन साह लाई सर्वसम्मत चयन गरिएको छ । नव कार्यसमितिको नि.अध्यक्षमा ला. सुजित कुमार साह, प्रथम उपाध्यक्ष ला. राजदीप चौधरी, द्वितीय उपाध्यक्ष ला. गोपाल प्रसाद साह, सेक्रेटरी ला. अमीत साह, र ट्रेजरमा ला. रमन प्रसाद साह चयन भएका छन् ।
एल सि आई एफ कोअर्डिनेटर ला. मधुकर कुमार उपाध्याय, मेम्बरसीप चेयरपर्शन ला. डा. रामनरेश पंडित, मार्केटिङ्ग एण्ड कम्युनिकेशन चेयरपर्शन ला. रामनगीना राउत, सर्भिस चेयरपर्शन ला. लालबाबु साह, टेल व्टिस्टर ला. सुशील कुमार सिंह, टेमर ला. विजय कुमार झा, लियो एडभाईजर ला. रामबाबु गुप्ता, क्लब डाईरेक्टर्स ला. हरि प्रसाद राउत, ला. विद्याकर प्रसाद साह, ला. ज्ञानेन्द्र कुमार देव, ला. निर्मल कुमार सिंघानिया, ला. अरुण कुमार मल्लिक, ला. दिपेन्द्र कुमार सिंह, ला. विश्वनाथ प्रसाद साह, ला. राम प्रकाश साह र्निवाचित भएका छन् ।