एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २४ :
नेपाली कांग्रेसका पुर्वउपसभापती तथा प्रतिनिधीसभा सांसद विमलेन्द्र निधीले नागरिकता विद्ययेक संविधान कार्यान्वयन संग जोडिएको र संविधान कार्यान्वयको दायित्व न्यायपालिकाको समेत रहेकाले अवरोधक नबन्न आग्रह गर्दै नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

जनकपुरधाममा अयोजित नेपाल मुस्लिम संघ धनुषाको तेस्रो जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधीले बुवाआमाको नागरिकता भएर पनि सन्तान नागरिकता विहिन रहेको अवस्था मधेशको घर घरको समस्या रहेकाले संविधानको अवधारणा विपरित नागरिकको भविष्य संग खेलवाड गर्ने अधिकार कसैलाई नरहेको बताएका छन् ।

जेठ २६ गते अदालतले दुवै पक्षलाई बोलाएको जानकारी गराउदै निधीले अदालत संविधानको मर्म अनुुसारनै आएको नागरिकता कानुनको बाधक नबन्नेमा कांग्रेसलाई बिश्वास रहेको भन्दै यदि अवरोध भए आन्दोलनको तयारी अवस्थामा रहन नेता कार्यक्रतालाई निर्देशन दिएका छन् । उनले यो सरकार पाँच वर्ष चल्ने र तिनजना प्रधानमन्त्री बन्ने समेत बताए ।

पहिलो प्रधामन्त्री प्रचण्ड, दोस्रो माधव नेपाल र तेस्रो शेरबहादुर देउवा हुने उनले स्पष्ट पारे । साथै निधीले यो गठबन्धन २०८४ साल सम्म रहने र अगामि चुनावमा नेपाली कांग्रेस एक्लै चुनाव लडनुपर्ने पक्षमा आफु रहेको समेत बताए । उनले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको जिकिर गर्दै मुस्लिम समुदायको भलो चाहने पार्टी कांग्रेस बाहेक हुनै नसक्ने समेत बताए ।

आफनो पहलकदमीमा नेपालमा पहिलो पटक मदरसालाई सरकारको औपचारिक सहयोग हुन थालेको स्मरण गर्दै निधीले संघको धनुषा अधिवेशन सर्वसम्मत गरि २०८४ सालमा तिनै तहको निर्वाचन कांग्रेसले एक्लै जित्ने गरि अभियानमा लाग्न निर्देशन समेत दिए ।

सो कार्यक्रममा कांग्रेसका नेता तथा प्रदेश सांसद रामसरोज यादव, धनुषा सभापती योगेन्द्र पजियार, जनकपुरधामका मेयर मनोज कुमार साह, उपप्रमुख किशोरी साह, संघका अध्यक्ष ईब्राहिम राइन सहितकाले आ आफनो धारणा राखेका थिए भने कांग्रेसका जिल्ला पदाधिकारीहरु सहितको उपस्थिती थियो ।