एसपी रिपोर्टर
जनकपुरधाम, चैत ९ :
भारतीय कुखुराले नेपाली बजारमा छ्याप छ्रयाप्ती पाउन थालेपछि नेपाली कुखुरा व्यवसायीहरु मारमा परेका छन् । भारतीय बजारबाट अवैध रुपमा ल्याइएका कुखुरा नेपाली बजारमा छ्याप छ्याप्ती पाउन थालेपछि जनकपुरधामका कुखुरा व्यवसायीहरु मारमा परेका हुन् ।
अवैध रुपमा भारतीय बजारबाट कुखुरा ल्याएपनि सम्बन्धित कुनै निकायले नियमन नगरेपछि धनुषाका कुखुरा व्यवसायीहरुले पशु क्वारेण्टाइन कार्यालय जनकपुरमा ज्ञापन पत्र बुझाएका छन् । कुखुरा व्यवसायीहरुले अवैध रुपमा भारतीय बजारबाट ल्याइने कुखुरा ओसार पोसारमा रोक लगाउन माग गरेका हुन् । ज्ञापन पत्र बुझ्दै पशु क्वारेण्टाइन कार्यालय जनकपुरका प्रमुख उमेश साहले सुरक्षा निकायबाट सहयोग प्राप्त भए भारतीय बजारबाट आउने अवैध कुखुरा ओसार पोसारमा रोक लगाउन आफूहरु प्रतिबद्ध रहेको प्रतिवद्धता व्यक्त गरे ।
कुखुरा व्यवसायी रुपेश साहले भारतीय अवैध कुखुरा बजारमा पाउन थालेपछि आफूहरुको व्यवसाय नै चौपट्ट हुन लागेको बताए । अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा नियमन होस भन्ने उद्देश्यले आफूहरुले ध्यानाकर्षण गराएको उनले बताए ।
यता कुखुरा व्यापारीहरुले प्रहरीको सहयोगमा भारतबाट अवैध रुपमा ल्याइएका ७२ केजी बराबरको कुखुरा पक्राउ गर्न सफल समेत भएका छन् ।