एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २७ :
नेपालका लागि सुजुकी ब्राण्डको चारपाङ्गे्र सवारी साधनको आधिकारिक वितरक तथा सिजि होल्ङ्गिस अन्तर्गतको अटोमोटिभ डिभिजन सिजि मोटोकोर्प तथा सिजि एनएक्सटिजेनले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र “ब्रेजा” सार्वजनिक गरेको छ ।
सो सार्वजनिक कार्यक्रममा दुवै गाडीको मूल्य पनि सार्वजनिक गरिएको हो ।
‘द ग्राण्ड भिटारा’ सुजुकीको बहुप्रतिष्ठित मोडेल रहेको र यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै क्राफ्टेड फ्युचरिज्म डिजाइन ल्याङ्गवेजको प्रयोग गरिएको रामज्ञानकी ट्रेडर्सका सञ्चालक प्रमोद साहले बताए ।
उनले यस गाडीमा अरुभन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरिएको बताउँदै सुजुकीको लेजेण्ड्री टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउने दाबीसमेत गरेका छन् ।
उनले यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिने र ग्राण्ड भिटारामा बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने प्रविधियुक्त इन्जिन प्रयोग गरिएको उनले जानकारी दिए ।
उनले भने, ‘पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्रि हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट– जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । एक ठूलो फड्को मार्दै, यो स्पोर्टी एसयूभीले स्टाइलिश र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्दछ । नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू छन् जुन सहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुन्छन् ।’
निकै प्रतिस्पर्धी एसयूभी सेग्मेन्टमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने बिश्वास कम्पनीले लिएको उनले बताए । सजि होल्ङ्गिसका कार्यकारी निर्देशक करण चौधरीले पछिलो समय नेपाली बजारमा एसयूभीको माग उच्च रहेको दाबी गरे ।
उनले भने, ‘यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक फरक ड्राइभिङ कन्डिसन्स हुन जसको लागि एसयूभी उचित हुन्छ । साथै ग्राहकवर्गले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गर्दछन । सेगमेन्ट–फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेग्मेन्टमा गेम चेन्जर हुनेछ ।’
उनले भविष्यबाट प्रेरित यो डिजाइन नेपाली ग्राहकको रोजाईसँग मेल गर्न विशेष रूपमा तयार गरिएको र यो डिजाइन तीन मुख्य आधारमा प्रतिबद्ध हुने बताए ।