एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ६: महाशिवरात्रिको अवसरमा देशको पशुपतीनाथ सहित शिवालायहरुमा दर्शनार्थी र ब्रतालुहरुको भिड्भाड लागेको छ । महाशिवरात्रीको एक दिन मात्र जल निकालेर दर्शन हुने भएकाले महोत्तरीको जलेश्वरनाथमा अत्यधिक भिड देखियो भन्ने जनकपुरधामको भुतनाथ, शिव मन्दिर, कपलेश्वरनाथका साथै धनुषाको सप्तेश्वरनाथमा पनि भक्तजनको घुइँचो लागेको छ ।
धनुषाको रघुनाथपुर स्थित हरिहरनाथ महादेव मन्दिरलाई यसवर्ष दुल्ही झै सजाइएको छ भने भजन किर्तन पनि गरिदै छ । यसका साथै हरेक शिवालयमा रमझम देखिन्छ ।
प्रस्तुत छ शिवालयहरुमा देखिएको भक्तीभाव र रमझम :