एसपी रिपोर्टर
जनकपुरधाम, माघ २८ :

नेपाल कलवार महासंघको नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण समारोह सम्पन्न भएको छ । केही दिन अगाडी मात्रै महासंघको नव कार्यसमितिका लागि निर्वाचन सम्पन्न भएको थियो । नवनिर्वाचित पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथ ग्रहण गरेका छन् ।
महासंघको नवनिर्वाचित अध्यक्ष रामचन्द्र साह, उपाध्यक्षहरु हरेकृष्ण प्रसाद जयसवाल, पुनम जयसवाल, गम्भिरा साह कलवार, इन्दुदेवी साह, रमेशकुमार भगत, भोला प्रसाद गुप्ता, गोपीलाल भगत, महासचिव महेन्द प्रसाद चौधरी, सचिव एपोलो कुमार भगत, कोषाध्यक्ष मन्तोष कुमार चौधरी, सहकोषाध्यक्ष सुरेश कुमार गुप्ता लगायतका पदाधिकारीहरुले शपथ ग्रहण गरेका हुन् ।
नवनिर्वाचित अध्यक्ष रामचन्द्रले महासंघले आउने दिनमा जातिय उत्थानका साथै समाजिक उत्तरदायित्व पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । यसका साथै कलवार जातीलाई राजनीतिक र सामाजिक रुपमा सशक्त बनाउने समेत प्रतिवद्धता व्यक्त गरे ।