एसपी रिपोर्टर
जनकपुरधाम, माघ २८:

जनकपुर हार्डवेयर व्यवसायी संघको अध्यक्षमा शशी कुमार गुप्ता सर्वसम्मत चयन भएका छन् ।
शनिबार गुप्ताको नेतृत्वमा संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पंकज कुमार महतो, उपाध्यक्षमा सरोज साह, महासचिवमा दिनेश कुमार हाथी, सचिवमा शिवशंकर कुमार साह र कोषाध्यक्षमा मुकेश नायकलाई सर्वसम्मत चयन गरिएको प्रमुख निर्वाचन अधिकृत ललित कुमार साहले जानकारी दिए ।
त्यस्तै, संघको सदस्यहरुमा संतोष कुमार गामी, ओमप्रकाश साह, प्रदिप कुमार साह, विशेश्वर महासेठ, जबाहर साह, रामप्रताप साह, धनन्जय कुमार साह, सुनिल कुमार यादव र अशोक कुमार साह रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष शशी कुमार गुप्ताले आफ्नो कार्यकालमा जनकपुरधामका सम्पूर्ण हार्डवेयर व्यवसायीहरुको साझा पीडालाई बुझ्दै त्यसको समाधानका उपायहरु खोज्ने प्रयास आफ्नो पहिलो प्राथमिकतामा रहने बताए ।