एसपी रिपोर्टर
जनकपुरधाम, माघ २८ :
नेपाल आयल निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेश थानीले जनकपुरधाम लगायतको क्षेत्रमा पेट्रोलियम पदार्थ भण्डारणको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शनिबार पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरधामको १५औं अधिवेशन तथा साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाएर भण्डारणको समस्या समाधान गर्ने बताए । उनले भण्डारण क्षमता कम भएकाले यस क्षेत्रमा समस्या भईरहेको र यसको समाधानका लागि जग्गा व्यवस्थापन गर्न पहल भइरहेको जानकारी दिए ।
‘पेट्रोलियम पदार्थ भण्डारणका लागि हामी अहिले अमलेखगञ्जबाट एकैचोटि विराटनगरसम्म पठाउँदै आइरहेका छौं,’ उनले भने, ‘बिचमा भण्डारका लागि ठाउँको अभाव छ । हामी जनकपुरधाममा भण्डारणका लागि प्रयासरत छौं ।’
थानीले जग्गाको समस्या समाधान भइसकेपछि जनकपुरधाममा पेट्रोलियम पदार्थ भण्डारणका लागि आयल निगम सदैव तयार रहेको प्रतिबद्धतासमेत जनाए ।