एसपी रिपोर्ट
जनकपुरधाम, माघ ९ :
सोमवार २२ औं सशस्त्र प्रहरी दिवस सशस्त्र प्रहरी वलले विभिन्न कार्यक्रम गरी मनाएको छ ।
यसैक्रममा सोमबार सशस्त्र प्रहरी बल नेपाल नम्बर गण हेडक्वाटरले पनि ८ जनकपुरधामको मुजेलियामा कार्यक्रम गरेको छ । कार्यक्रममा धनुषा सशस्त्र प्रहरी “उपरीक्षक प्रकाशकुमार सुवेदीले सशस्त्र प्रहरी संगठनले २२ वर्ष पूरा गरेकोको खुशी व्यक्त गर्दै यस यात्रामा सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरूप्रति आभार व्यक्त गर्नुभयो । अबका दिनमा पनि आफ्नो कर्तव्य इमान्दारीका साथ आफूहरूले पूरा गर्ने वचन दिनुभयो ।
कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले सीमा नाकामा सशस्त्र प्रहरीले व्यापारीलाई सुरक्षा प्रदान गर्दै आएकोमा आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा सशस्त्रका उत्कृष्ट कर्मचारीका साथै व्यापारीलगायत अन्य सरोकारवालाहरूलाई सम्मान गरिएको थियो । सशस्त्र प्रहरीले सीमा सुरक्षा, आन्तरिक द्वन्द व्यवस्थापन, हुलदंगा नियन्त्रणलगायत काम गर्दै आएको छ ।