एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ : धनुषाको मुखियापट्टी मुसहरनिया गाँउपालिकाका एक युवालाई धनुषा प्रहरीले थुना भित्रै यातना दिएको आरोप लागाइएको छ । गाँउपालिकाका वडा नं. १ मुसरनिया टोलमा आरकेस्ट्रा कार्यक्रमको क्रममा भएको झडप घटना आरोपमा पक्राउ परेका स्थानिय युवा धिरज कुमार यादवलाई विहिवार राती थुना भित्रै प्रहरीले चरम यातना दिएको पिडित र स्थानियले आरोल लगाएका छन् ।
उनलाई प्रादेशिक अस्पतालको आपतकालिन कक्षमा भर्ना गरिएको छ । अस्पतालमा भर्ना भएका पिडित युवाले समेत विहिवार करिव ९ बजे राती खाना खाएपछि आफुलाई प्रहरीले हात तल र खुट्टा माथी गर्न लगाएर चरम यातना दिएको आरोप लगाएका छन् ।

अस्पतालमा उपचारार्थ घाइते यादवलाई भेटन नेपाली कांग्रेसका नेता मधेश सरकारका मन्त्री रामसरोज यादव, पार्टी सभापती योगेन्द्र पजियार सहितका नेता कार्यक्रताहरु अस्पताल पुगेका छन् । उनीहरुले घटनाको निश्पक्ष छानविन हुनुपर्ने बताएका छन् । थुनुवा यादव अभद्र व्यवहार मुद्दामा थुनामा रहेको बताइएको छ ।
यस विषयमा धनुषाका प्रहरी उपरिक्षक एसपी वसन्त रजौरेले यातना दिएको कुरामा सत्यता नरहेको बताए । यातना दिए/नदिएको छानविनका लागि मेडिकल परिक्षण, सिसिटिभी फुटेज सहितका धेरै उपाय र छानविनका लागि आफुहरु तयार रहेको र सत्य भए सम्बन्धितलाई कारवाही समेत गरिने उनको भनाई थियो ।