एसपी रिपोर्टर
जनकपुरधाम, असोज १८ : सिके राउत नेतृत्वको जनमत पार्टी नेपालका समर्थकहरुले जनकपुरधाम उपमहानगरपालिकामा तोडफोडका साथै तालाबन्दी गरेको छ । विभिन्न मांग राख्दै जनकपुरधाम उपमहानगरपालिका पुगेका उनीहरुलाई प्रवेशमा अवरोध गरेपछि नारावाजी गरेका थिए ।
त्यसपछि प्रदर्शनकारीको समुह उपमहानगरपालिकामा प्रवेश गरि न्यायिक समितिमा तोडफोड गर्नुका साथै मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेको खवर छ ।
त्यसै गरि हाम्रा संवाददाता संजय साहले बताए अनुसार सो समुह जनकपुरधाम स्थित प्रदेश २ को मुख्यमन्त्री कार्यालय तर्फ समेत अगाडि बढेको छ । मुख्यमन्त्री कार्यालय घेराउ गर्दै उनीहरु त्यहाँ पनि प्रदर्शन गर्ने कार्यक्रम छ ।समाचारको विस्तृत विवरण आउन वाँकी छ ।