एसपी रिपोर्टर
काठमाणडौं, वैशाख १३ :  

काठमाडौँबाट झापातर्फ आइरहेको प्रदेश १–०१–००१–ख ४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५:३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ अन्तर्गत पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन्। उनीहरूको विर्तामोडस्थित बिर्तासिटी हस्पिटल र बीएन्डसी हस्पिटलमा उपचार भइरहेको छ।
घाइतेमध्ये १६ जना हालै काठमाडौँमा जारी शिक्षक आन्दोलनमा सहभागी भएर घर फर्किरहेका शिक्षक रहेको घाइते शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिएका छन्। तीमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिएका छन्।