एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३१ :
जनकपुरधामको श्री महावीर युवा कमिटीको ५९औं साधारण सभाबाट विजया दशमी (दशै) पर्वलाई भव्य बनाउने उद्देश्यले विभिन्न उपसमिति गठन गरिएको छ । कमिटीका अध्यक्ष दीपककुमार साहको अध्यक्षतामा भएको साधारणसभाबाट मूल पूजा समितिको संयोजक चन्दन राज शर्मालाई बनाइएको छ ।

त्यस्तै ठेहा संयोजकमा गोविन्द कुमार साह, रावण बधका संयोजक ओम प्रकाश गुप्ता, महाप्रसाद संयोजक दीपककुमार साह प्रसाद, सुरक्षा संयोजकमा बलराम साह, रमाइलो मेला संयोजकमा रोशन कुमार साह, भव्य श्रृंगार संयोजकमा रबिकुमार शर्मा, विजयदशमी जुलुश संयोजकमा मोहन साह, खोइछ भरी कार्यक्रम संयोजकमा किशनकुमार साह, भजन सन्ध्या संयोजकमा विक्रम कुमार साह, पार्क व्यवस्थापन संयोजकमा राहुलकुमार साह, गहवर व्यवस्थापन संयोजकमा प्रकाश साह र लाइन व्यवस्थापन संयोजकमा शशिकुमार साहलाई राखिएको छ ।

साधारण सभाले दशैं पर्वलाई सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण सदस्य र स्थानीयलाई सक्रिय सहभागिताका लागि आह्वान समेत गरेको छ ।





