एसपी रिपोर्टर
जनकपुरधाम, चैत २१ :
विहिवार जनकपुरधाममा हनुमान जयन्ती भब्यताका साथ मनाइने भएको छ । विभिन्न हिन्दु संघ संगठनहरुले भगवान हनुमानको जन्मोत्सव उपलक्ष्यमा जनकपुरधाममा भब्यता गर्ने तयारीका बिच बजरंग आयोजक कमिटीले पनि जगत जननी माता सिताको जन्मभुमि जनकपुरधाममा हनुमान जयन्ती भब्यता पुर्वक मनाउने जनाएको छ ।

कमिटिले सो अवसरमा निकालिने शोभायात्राको सुरक्षाका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई ज्ञापन र जानकारी पत्र बुझाएको छ । कमिटिले भब्य शोभायात्रा निकालिने र शान्तिपुर्ण हुने जनाएको छ । ज्ञापन पत्र बुझाउने क्रममा कमिटिका विरेन्द्र यादव सहितको उपस्थिती थियो ।