एसपी रिपोर्टर
जनकपुरधाम, चैत २९ : लकलाउनको १९ औं दिन शनिवार । महामारीमा उपचारका लागि खटनु पर्ने चिकित्सहरु समेत अधिकांश घरमै रहेका वेला नेट तथा टेलिभिजन सेवा प्रदायक संस्था सुबिसुले भने आफनो सेवा निरन्तर जारी राखेको छ । यस कठिन परस्थितीमा पनि सुबिसु केवलनेट प्रा.लीले धनुषाको विभिन्न १८ वटै स्थानिय तहमा आफनो सेवा प्रदान गरिरहेको छ भने समय समयमा सेवामा हुने अवरोधको समाधानका लागि समेत तत्परता देखाइरहेको छ ।
यस समयमा घर घरमा रहेका ग्राहकहरु कुनै पनि सुचना र समाचारवाट बञ्चित नहोस भने अभिप्रायले हामी विभिन्न सुरक्षा र सर्तकता अपनाउदै सेवा प्रदान गरिरहेको प्रा.लीका जनकपुरधाम प्रमुख सम्भु झाले बताए । उनले यस कार्यमा जोखिमका बिच खटने आफना प्राविधिक टिमका सदस्यहरुलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।
सुबिसुले विहिवार धनुषाको नगरराइन नगरपालिका स्थित नेपाली सेनाको क्षेत्रीय कवारेन्टाइनमा समेत आफनो सेवा जडान गरि त्याहाँ स्थित सुरक्षाकर्मी, चिकित्सक, क्वारेन्टाइनमा बसेकाहरु सहित सवैलाई सुचनाको पहुँचमा जाडेका छन् ।
प्रा.लीका अनुसार यस सेवा कार्यमा सक्रिय संजय प्रताप सिंह सहित मुकेश ठाकुर, जितेन्द्र यादव, अजय यादव, अमित चौधरी, विवेक यादव, प्रमोद महतो सहितका सवै सदस्यहरु धन्यवादको पात्र रहेका छन् । प्राविधिक टिमका सम्पुर्ण सदस्यहको मेहनतका कारण सुबिसु जनताको मन जित्न सफल भइरहेको समेत प्रा.लीको भनाई छ ।