एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ९ : जनकपुरधाममा आयोजित ९ दिवसीय रामायण नवाह सम्पन्न भएको छ । जनकपुरधाम उपमहागरपालिका वडा नं. ११ देवी चौक र लक्ष्मण आखाको बिच स्थित श्री श्री १०८ श्री मनोकामना सिद्ध हनुमान मन्दिरमा जारी ९ दिवसीय रामायण नवाह कार्यक्रम आज सफलता पुर्वक सम्पन्न भएको हो ।
सो धार्मिक अनुष्ठान नवाहमा धनुषा जिल्ला भरीका मठ–मन्दिर र कुट्टीका १ सय ५१ साधुसन्त महात्माहरुको सहभागिता रहेको थियो । श्री मनोकामना सिद्ध हनुमान मन्दिरका पुजारी शिवशरण बैष्णवको रोहवर तथा मन्दिरका संयोजक सियाराम साहको अध्यक्षमा आज विधिवत नवाह सम्मपन्न भएको हो ।

नवाह समापन पश्चात १ सय ५१ कुट्टीका महन्थ साधुसन्त लगायतलाई भण्डारा तथा प्रसाद ग्रहण गराउनुका साथै सम्मान समेत गरिएको छ । वडा नं. ११ का नागरिक समाजहरुसंग सहयोग संकल्न गरी ती १ सय ५१ साधुसन्तहरुलाई प्रसाद तथा भण्डाराको व्यवस्थापन गरिएको बताइएको छ ।