FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

सुरक्षा सर्तकता सहित दोलखामा ठुलो लाखे (ड्वाकु राकस) नचाउने जात्रा सम्पन्न

सुरक्षा सर्तकता सहित दोलखामा ठुलो लाखे (ड्वाकु राकस) नचाउने जात्रा सम्पन्न

सबिना मानन्धर
दोलखा, साउन २१ :
(बाँपीझ्याला, दोलखा) प्राचिन लिच्छवीकालीन, मल्लकालिन ऐतिहासिकता पृष्ठभुमी रहेको दोलखा जिल्लाको दोलखा शहर हालको भीमेश्वर नगर दोलखाको आफ्नै विशेषता र महत्व रहको छ । कोभिड १९ को संक्रमणले विश्वमा रुवावासी रहेको बेला दोलखामा भने साहसिक कदम उठाई भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठ, स्थानिय युवाहरुको सहयोग र सम्वन्धीत गुठीयारको सक्रियतामा गुल्ला पर्वको विशेष पर्वको रुपमा मनाईने जात्रा ठुलो लाखे (ड्वाकु राकस) जात्रा सम्पन्न भएको छ ।

जनैपुर्णीमाको दिन अर्थात क्वाटी पुर्णीमाको नामले प्रख्यात दिनमा परेको उक्त जात्रा संचालनमा उहिलेको भन्दा यसपाली कोराना महामारीको कारणले सर्तकता र सुरक्षाका साथ चुनौतीपुर्ण रुपमै सम्पन्न गरिएको छ । गत वर्ष डापा खलकको नामबाट कालिञ्चोक जाँदा तल्लो टोल र माथिल्लो टोलका स्थानिय वासिन्दाहरु एउटै पोसाकमा सजिएर ५०–६० जनाको समुहमा जाने गरिएकोमा यसपाली कोरानाका कारणले स्थानिय प्रशासनबाट पनी धेरै संख्या मान्छेहरुको भिड जम्मा गर्ने अनुमती नदिएकोले विधिको लागि मात्र जात्रा संचालन गरिएको र गाईजात्रा, कृष्ण गोपिनी (ट्वाकल प्याखन) नाच र रात्रीकालीन भैरव कुमारी जात्रा समेत विधिको लागि मात्र निकालिने वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी गराएका छन् ।

गठेमङ्गलको दिन परम्परागत रुपमा पूजाआजा गरेपछि द्वितीयादेखि लाखेलाई राक्षसको रुपमा देखाउने प्रचलन रहेको छ । उक्त राक्षसले दोलखा शहरमा अत्यन्तै दुःख दिन थालेपछि प्रसिद्व कालिन्चोक भगवतीलाई वरदान माग्न र सहयोग माग्न बाजागाजा सहित डापाखलक शरणमा पुगेको र उनीहरुको आराधनाबाट खुशी भएर राक्षसलाई मार्न कालिन्चोक माता भगवती राक्षसकै रुप धारण गरेर ड्वाकु डाकस अर्थात ठुलो लाखेको रुपमा नृत्य गर्दै बजार परिक्रमा गर्ने परम्परा र चलन रहेको छ ।

माता कालिन्चोक भगवतीबाट बच्न दोलखा स्थित तीन धारा राजहिटीमा महादेवको आराधना गर्दै बसेका राक्षसको यज्ञ विध्वंस गरेपछि यज्ञबाट लेखिटिएका राक्षसहरु तल्लो टोल स्थित रानी पोखरीमा गई फाल हान्छन् । पोखरीमा हाम फाले पछि राक्षसको अन्त्य भएको खुसीयालीमा दोलखा स्थित टोल टोलमा रहेको डबली डबलीमा ठुलो लाखे (ड्वाकु डाकस) सहित नाचेर रमाइलो गर्ने चलन रहेको छ ।

अन्तमा माथिल्लो टोलको भीमसेन डबली पुगरे नाच्दै जात्रा चलाउन पालो पर्ने गुठियारको घर पुगी दक्षिणा प्राप्त गरिसकेपछि पुनः ठुलो लाखे (ड्वाकु राकस) राकस छेँमा नै गएर लाखे भित्राएर प्रत्येक बर्षको लाखे जात्रा समापन गर्ने चलन रहेको छ ।

दोलखामा विशेषतः ४ किसिमको लाखे नचाउने चलन रहेको छ । जुन राती निकालिने नेपाली राकस, दिउँसो निकालिने जो राकस, जनै पुर्णीमाको दिनमा निकालिने ड्वाकु राकस र गाईजात्रदेखि पञ्चमीको दिनमा निकालिने माझिपा राकसको नामले प्रसिद्वि पाएको छ ।
ठुलो लाखे (ड्वाुक राकस) लाई दोलखाली नेवाः भाषामा ड्वाकु डाकस भनिन्छ ।

जनैपुर्णीमाको दिन दोलखा आएकी माता कालिन्चोक भगवती कागे अष्ठमीसम्म दोलखा भीमेश्वरको मन्दिरमा रहने जनविश्वास छ । यो लाखे हुन माथिल्लो टोल र तल्लो टोलबाट बर्षमा एक एक पटक आलो पालो गरी भाग लिने प्रचलन रहेको छ । यसरी यस जात्राको समयमा लाखेको साथमा दाउरेको भेषमा स–साना लाखेहरु नाच्नको लागि स्थानिय नेवार समुदायले दर्शकलाई मनोरञ्जन दिन विभिन्न भेष धारण गरेर बाजाका तालमा नाच्ने गर्छन् ।

यसैबिच ऐतिहासीक महत्व बोकेको ठुलो लाखे (ड्वाकु डाकस) हेर्न आउने धार्मीक आस्था रहेका स्थानिय वासिन्दाहरु लगायत जात्रा हेर्न आउँदा सर्वसाधारणलाई समेत सामाजिक दुरी कायम गरि अनिवार्य मास्क लगाउन भीमेश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष विराजमान श्रेष्ठ सहित स्थानिय सरकारले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?
एस.पी. खबर विशेष

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?

5 hours ago
जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम
एसपी खबर तस्वीर

जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम

2 days ago
अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट
एस.पी. खबर विशेष

अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट

2 days ago
स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा
एस.पी. खबर विशेष

स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा

2 days ago
हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर
एस.पी. खबर विशेष

हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर

3 days ago
एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई
एस.पी. खबर विशेष

एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई

3 days ago
बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा
एस.पी. खबर विशेष

बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा

3 days ago
रौतहटको घटना विरुद्व नेविप्रा कर्मचारी आन्दोलित
एस.पी. खबर विशेष

रौतहटको घटना विरुद्व नेविप्रा कर्मचारी आन्दोलित

3 days ago
मधेशको राजधानी जनकपुरधामको सार्थक ट्राफिक व्यवस्थापन गर्छौ : प्रहरी निरिक्षक साह
एस.पी. खबर विशेष

मधेशको राजधानी जनकपुरधामको सार्थक ट्राफिक व्यवस्थापन गर्छौ : प्रहरी निरिक्षक साह

3 days ago
मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

4 days ago

ताजा समाचार

आराध्य देवको पुजन रामनवमीमा उत्साह बढदा उकुस मुकुस किन ? सदभावको चर्चा किन भएन ?

जनकपुरधाममा चैती दशैंको पनि रौनक, शक्तिपिठ र पण्डालहरुमा रमझम

अमेरिकी राजदुतको जनकपुरधाम भ्रमण, उपमहानगरपालिकामा भेटघाट

स्व. उपाध्यायको स्मृतीमा प्रेस युनियन धनुषाद्वारा पत्रकारिता पुरस्कार घोषणा

हरेक राजनितिक दलले युवा सहितको विपद व्यवस्थापन विभाग राख्नुपर्छ : डा. तुलाधर

एसईईमा मधेशका ७९ हजार ९४ परीक्षार्थी सहभागि हुदै, तयारी पुरा भएको मन्त्रीको भनाई

बारा २ को उपनिर्वाचन, जनयुद्व लडेका शिवचन्द्र चुनाव लड्न जनमतमा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy