एसपी रिपोर्टर
जनकपुरधाम, असार २२ :
जनकपुरधामबाट प्रकाशित हुने मिथिला पञ्चाङ्ग को दोस्रो अंक एक विशेष समारोहबीच शनिबार लोकार्पण गरिएको छ।
श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा पञ्चाङ्गका संरक्षक संजय कुमार झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा भारतको सीतामढीबाट आएका विद्वान ज्योतिषाचार्य पण्डित देवकीनन्दन झाको विशेष उपस्थिति रहेको थियो।
वक्ताहरुले मिथिला पञ्चाङ्गको प्रकाशनले मिथिलाञ्चलको सांस्कृतिक, धार्मिक र ज्योतिषीय परम्परालाई जोगाउने कार्यमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए।



