एसपी रिपोर्टर
जनकपुरधाम, पुष ९ :
विश्व हिन्दु परिषदको आयोजना भएको सामूहिक विवाहमा सहयोग गर्ने संघ संस्था तथा व्यक्तिलाई सम्मान गरिएको छ ।
विश्व हिन्दु परिषदको आयोजनामा विवाहपञ्चमी महोत्सव पश्चात जानकी मन्दिरको प्राङ्गणमा भएको सामूहिक विवाह समारोहमा सहयोग गर्ने संघ संस्था तथा व्यक्तिलाई सम्मान गरिएको हो ।
सामूहिक विवाहको आयोजना गर्न समाजकै व्यक्ति तथा संघ संस्थाको आवश्यक्ता पर्ने भएकाले सहयोग गर्नेहरुलाई आफूहरुले टोकन अफ लभ दिएर सम्मान गरेको विश्व हिन्दु परिषद धनुषाका अध्यक्ष संतोष साहले जानकारी दिए ।
सो कार्यक्रममा दर्जनौँ संघ संस्था, संचारकर्मी तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विश्व हिन्दु परिषदका राष्ट्रिय महासचिव जितेन्द्र सिंह, हिन्दु स्वयं सेवक संघका पवन ठाकुर, प्रभु जलान लगायतको उपस्थिति रहेको थियो ।
विश्व हिन्दु परिषदद्वारा ३४ जोडीको सामूहिक विवाहको अयोजना गरिएको थियो ।