एसपी रिपोर्टर
जनकपुरधाम, कातिक १२ : अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा पहिलो पटक छठ पर्वको आयोजना हुदैछ् । अष्ट्रेलियाको प्रमुख शहरहरु सिड्नी र मेलबर्नमा भने विगत एक दशक भन्दा पहिले देखि भब्य रुपमा छठ पर्वको आयोजना हुदै आएको छ ।
धनुषा जिल्लाको क्षिरेश्वरनाथ, महेन्द्रनगरका लक्ष्मण महतो र प्रमिला महतोले क्यानवेरामा पहिलो पटक छठ मनाउन लागेका हुन् । महतो दम्पतिका जेष्ठ सुपुत्र रितेश महतो र बुहारी सिमा सरगम अष्ट्रेलियाका स्थायी बासिन्दा हुन् ।
भ्रमणका क्रममा महतो दम्पति क्यानवेरामा रहेकाले त्यही नै छठ पर्व मनाउन लागेका हुन् । क्यानवेराका यारालुम्ला लेकको किनारामा छठ भब्यताका साथ मनाउन लागिएको बताइएको छ । छठ पर्वको दोस्रो दिन आज खरना पुजा मनाइएको बताइन्छ ।