एसपि रिपोर्टर
जनकपुरधाम, असार ११ :

जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा शुरु भएको प्रथम उपमेयरकप महिला कबड्डी प्रतियोगिताको पहिलो दिनको खेलमा कन्टीर झा मावि र सरस्वती मावि विजयी भएको छ ।
कन्या मावि जनकपुरलाई कन्टीर झा माविले १८–२३को सेटमा पराजित गरेको छ । त्यस्तै सरस्वती मावि कुवारामपुरले राजर्षि जनक मावि पिडारीलाई १७–११को सेटमा पराजित गरेको हो ।

बिहिबार हुने खेलमा संकट मोचन मावि र याज्ञवल्क्य संस्कृत मावि तथा गोगल प्रसाद मावि र जानकी माविबीच प्रतिस्पर्धा हुनेछ ।
बुधबारबाट शुरु भएको प्रतियोगितामा जनकपुरधामका विभिन्न १० सामुदायिक माध्यमिक विद्यालयले सहभागिता जनाएको छ ।
प्रत्येक विद्यालयबाट १० जना महिला खेलाडी र १ जना खेल शिक्षकसहितको टोलीको सहभागीता रहेको छ ।

खेलकुद मार्फत महिला सशक्तिकरण र विद्यालयस्तरमै प्रतिस्पर्धाको अवसर सिर्जना गर्ने प्रयासस्वरूप प्रतियोगिता आयोजना गरिएको जनाइए जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले बताए । उनले जनकपुरधाम क्षेत्रमा खेलकुदलाई प्रवद्र्धन गर्न यस प्रकारको प्रतियोगिता आवश्यक रहेको बताए ।