एसपी रिपोर्टर
जनकपुरधाम, चैत ६ :
जनकपुरधाममा राजर्षि जनक क्याम्पसको आयोजना, जिल्ला क्रिकेट संघ धनुषाको संयोजन तथा जनकपुर पेस फाउण्डेशनको सहयोगमा राजर्षि जनक क्याम्पस टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिइएको हो।
चैत्र ९ गतेबाट जनकपुरधामको रामजानकी बहुउद्देश्यीय रंगशालामा सुरु हुने लीग फर्म्याटको यस प्रतियोगितामा राजर्षि जनक क्याम्पस, गुगल प्रसाद बसहिया, राराव क्याम्पस, जनकपुर कम्युनिटी कलेज, मिट क्याम्पस तथा मोनाष्टिक कलेजका विद्यार्थीहरूको सहभागिता रहनेछ।
नेपाल क्रिकेट संघ धनुषाका जिल्ला सचिव आशिष झाका अनुसार चैत्र १३ गतेसम्म चल्ने प्रतियोगितामा कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थीहरू प्रतिस्पर्धा गर्न पाउनेछन्। करिब ९ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा विजयी टिमलाई मेडल, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ।