एसपी रिपोर्टर
काठमाणडौं, फागुन २५ : युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगितामा नेपालले रोमाञ्चक जित निकालेको छ। नेपालले घरेलु टोली युगाण्डालाई १ विकेटले पराजित गरेको हो।
७६ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदा ९ विकेट गुमाउँदै पूरा गर्यो। सना प्रवीनले १७ तथा पूजा महतोले १६ रन जोडिन्।
अन्तिम ओभरमा ६ रन आवश्यक रहँदा रिया शर्मा र ईश्वरी विष्टले रन जोड्दै नेपाललाई जित दिलाए। युगाण्डाका कप्तान जानेत बाबजीले ३ तथा सारा वालाजाले २ विकेट लिइन्।





