एसपी रिपोर्टर
जनकपुरधाम, पुष २५ : जनतम पार्टीका अध्यक्ष डा. सिके राउतले देशको लागि गणतन्त्र नौलो विषय नरहेको बताएका छन् । सोमवार संसदमा पहिलो पटक सम्बोधन गर्ने क्रममा बैज्ञानिक समेत रहेका डा. राउतले मधेशीको हातबाट खोसिएको गणतन्त्र पुर्नस्थाना मात्र भएको स्पष्ट पारे ।
हेर्नोस भिडियो
उनले अगाडि भने ‘नेपाल खास गरि मधेशका लागि गणतन्त्र नौलो प्रणाली होइन परापुर्व कालमा मधेशसंग रहेको गणतन्त्र खोसिएको थियो त्यसको पुर्नस्थापना मात्र गरिएको हो ।’ बिश्वले गणतन्त्र देखेको र सुनेको पनि थिएन, लेटोले गणतन्त्र लेखेको पनि थिएन त्यसै बेला ईशा पुर्व छैठो, सातौ सताब्दीमा पनि मधेशमा गणतान्त्रिक व्यवस्था थियो उनले बताए ।
त्यसबेलामै मधेशमा बज्जी गणतन्त्र कपिलबस्तु गणतन्त्र, कोलियो गणतन्त्रहरु रहेको उनको तर्क थियो । चुनावमा टिकट पाएपनि राजाहरुसंग भेट हुन नपाउने त्यो समय र अहिले ठुलठुला धनाढय र सामन्तहरु समेत समयमा गरिव जनताहरुको घर र झोपडीमा नतमस्तक हुन जानुको एक मात्र कारण गणतन्त्र रहेको उनले बताए ।
डा. राउतले प्रधानमन्त्री प्रचण्डको सोमवारकै मन्तब्यमा नयाँ पार्टीमा आवेग देखिएको छ भन्ने टिप्पनी तर्फ संकेत गर्दै भने ‘संसदमा आएका नयाँ पार्टीमा आवेग त छदै छ प्रधानमन्त्री ज्यू अग्रजलाई सम्मान गर्ने आचरण पनि छ भन्नेमा ढुक्क होउँ ।’