एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ७ : पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव पुन: निर्वाचित भएका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीलाई पाराजित गर्दै उनी निर्वाचित भएका हुन् । यो जितले यादवको भाग्य चम्किन सक्ने छ । जसपाका अध्यक्ष उपेन्द्र यादव चुनावमा पराजित भइसकेका छन् ।
संसदमा जसपाको नेतृत्व गर्न संसदिय दलको नेतामा अव प्रदिपको प्रवल सम्भावना हुनेछ । जसपामा दोस्रो तप्काका नेतामा पार्टी अध्यक्ष यादवको निकट मानिने मोहमद ईस्तियाक राइ समेत पराजित भइसकेका छन् । यस्तो अवस्थामा प्रदिप पार्टीको संसदिय दलको नेता चुनिने सम्भावना प्रवल छ ।
अहिले सम्मको रुझानका हिसावले जसपाबाट प्रत्यक्ष तर्फ संसद पुग्ने नेताहरुमा प्रदिपका आलावा, दिपक कार्की, नवल किशोर साह सहित तिनजना मात्र छन् । यस हिसावमा मधेशको आर्थिक करिडोर बिरगंज जस्तो महत्वपुर्ण क्षेत्रबाट निर्वाचित भएका उनको संसदिय दलको नेतामा स्वभाविक दावी हुनेछ र सफल पनि हुने देखिन्छ ।

भारतिय सत्ता र नेताहरु संग राम्रो सम्बन्ध बनाएका प्रदिप यस अघिको सांसद कार्यकालमा विभिन्न अवसरबाट बञ्चित गराइएका थिए । पार्टीले पटक पटक मन्त्री परिषदमा सांसद पठाउँदा उनलाई बञ्चित गराइएपछि उनका समर्थकहरु पार्टीको केन्द्रिय कार्यालयमा पार्टी अध्यक्ष उपेन्द्र यादव विरुद्व प्रदर्शन नै गरेका थिए ।
पार्टीमा कारवाहि र स्पष्टीकरणको समेत पटक पटक सिकार भएका प्रदिप अन्तत संसदमा जसपाको अगुवाको भुमिकामा देखिने अवस्थामा पुग्न सफल भएको छ । चुनावको पुर्व सन्ध्यामा केहि महिनाका लागि वन तथा वातावरणमन्त्री बनेका यादवलाई जसपाले सत्तारुढ गठबन्धन छोडेपछि प्रधानमन्त्री शेर बहादुर देउवाले पदबाट बर्खास्त गरेका थिए । तर नेकपा एमालेको समर्थनमा प्रदिपले बाजि मार्न सफल भएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी द्विवेदीले भन्दा उनले १ हजार ६ सय २० बढी मत ल्याएका छन् । यादवले २२ हजार ५ सय ३७ मत पाउँदा द्विवेदीले २० हजार ९ सय १७ मत पाए । तेस्रो स्थानमा राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५१ मत ल्याए । सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी लोसपाका नेता लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्रै पाए । २०७४ मा कर्ण पर्सा क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए ।
२०७४ को निर्वाचनमा यादवले २१ हजार १३२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अनिल कुमार रुंगटाले भने १६ हजार ४८१ मत मात्रै पाएका थिए ।