एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २० : लोसपा अध्यक्ष महन्थ ठाकुर बारा श्रेत्र नं. ४ बाट प्रतिनिधीसभा सदस्यमा सिफारिस भएका छन् । श्रेत्रीय बैठक बाट प्रतिनिधिसभाको उमेदवार महन्थ ठाकुर लगायत एकबाल मिया, सिताराम गुप्ता र शिवजी साहको नाम सिफारिस गरिएको बताइएको छ ।

सो क्षेत्रको दुईवटा प्रदेशसभा तर्फ ‘क’ बाट घनश्याम गिरि र ‘ख’ बाट मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलको नाम सिफारिस भएको छ । मधेश प्रदेश सरकारका पुर्व भौतीक पुर्वाधार विकास मन्त्री सोनलको प्रभाव क्षेत्रमा प्रतिनिधीसभामा पार्टी अध्यक्ष ठाकुरको नाम सिफारिस भएको छ ।
हाल लोसपा अध्यक्ष ठाकुर महोतरीको क्षेत्र नंंं. ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन ।