एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २ : छठ पर्वको अवसरमा जनकपुरधाम वडा नं. २ का अध्यक्ष शिवकुमार साहले आज पुनः थप एकसय जना ब्रतालु महिलालाई साडी वितरण गरेका छन् । हिजो सोमवार मात्र ७० जना वृद्धा तथा एकल महिलालाई मोबाइल, साडी, कम्बल, मास्क र सेनिटाइजर र एकसय छठ ब्रतालुहरुलाई साडी लगायतका सामाग्री वितरण गरेका उनले स्थानियको आग्रहलाई मध्येनजर गर्दै पुन आज एकसय जनालाई साडी वितरण गरेका हुन ।
त्यसका साथै अध्यक्ष साहले यसअघि उनले पाएको तलबबाट वृद्ध महिला तथा एकल महिलालाई नेपालको काठमाडौ लगायत भारतको बाबाधाम सहितका धार्मिक स्थलहरुको भ्रमण गराएका थिए । अध्यक्ष साहले वडामा राहत र सामाग्री वितरण लगायतका काम समेत गर्दै आएका छन् । वडामा उनी स्वतन्त्र जितेका थिए ।
