एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २३ :
मधेस प्रदेशको राजधानी जनकपुरधामलाई लक्षित गरी सुरु गरिएको सौन्दर्यीकरण कार्यक्रमको शिलान्यास गरिएको छ। मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले आइतबार जानकी मन्दिर प्राङ्गणबाट कार्यक्रमको शिलान्यास गरेका हुन्।
प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयद्वारा सञ्चालित योजनाअन्तर्गत जानकी मन्दिर, राम मन्दिर र जनकपुरधाम बसपार्कमा सार्वजनिक शौचालय निर्माण गरिने भएको छ। पर्यटनलाई लक्षित गरी यी स्थानहरू छनोट गरिएको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहाले जानकारी दिए। करीब साढे ४ करोड रुपैयाँ लागतमा निर्माण हुने ती शौचालयहरू ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।





