एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ४ :
नेपाल ईट्टा उद्योग महासंघको मधेस प्रदेश समितिको अध्यक्षमा विक्रम साह दोहरिएका छन् ।
महासंघको दोस्रो अधिवेशनमा सर्वसहमतिबाट विक्रम फेरी अध्यक्षमा निर्वाचित भएका हुन् । यसका साथै महासंघको बाँकी पदाधिकारी तथा सदस्यहरुमा समेत पहिलेकै कार्यसमिति सर्वसहमतिबाट दोहरिएका हुन् ।
महासंघको बरिष्ठ उपाध्यक्षमा नवलकिशोर साह, उपाध्यक्षमा संजय चौधरी, महासचिवमा अशोक जयसवाल तथा कोषाध्यक्षमा रामबाबु पजियार चयन भएका हुन् ।
त्यस्तै सदस्यहरुमा सप्तरीबाट मुस्लिम मिया र कृष्णदेव पण्डित, सिरहाबाट पुनम चौधरी र रामकृपाल यादव, धनुषाबाट लक्ष्मण राय यादव, महोत्तरीबाट मनोज साह, सर्लाहीबाट विष्णु प्रसाद मैनाली, रौतहटबाट गेनालाल प्रसाद र सेदे अली , बारा पर्साबाट ओम प्रकाश यादव र गौरीशंकर साह सर्वसहमत चयन भएका हुन् ।
त्यस्तै महासंघको सल्लाहकारहरुमा अब्दुल हकिम, मोहन साह र शिवपुजन साह चयन भएका हुन् ।





