एसपी रिपोर्टर
जनकपुरधाम, असार २५ :
धनुषाको लक्ष्मिनिया गाउँपालिकाका एकल महिलाहरुले रैली निकालेका छन् । दलान नेपाल र एकल महिला टोली अगुवा समूहको अगुवाईमा लक्ष्मिनिया गाउँपालिकाका एकल महिलाहरुले रैली निकालेका हुन् ।

समाजले एकल महिलालाई हेयको दृष्टिले हेर्ने प्रवृतिमा परिवर्तन ल्याउने उद्देश्यले लक्ष्मिनिया गाउँपालिका भरीका ५ सय ३२ एकल महिलाहरुले रैली निकालिएको हो । हामीलाई पनि समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार रहेको रैलीमा सहभागी एक बृद्ध महिलाले बताइन् ।

दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले लक्ष्मिनिया गाउँपालिकाको प्रत्येक वडामा ५ जना अगुवा एकल महिला बनाएर एकल महिला टोली बनाइएको जानकारी दिए । उनले यो रैलीको उद्देश्य एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्ता तथा बृद्ध भत्तामा समन्वय गर्नु समेत रहेको बताए ।