एसपी रिपोर्टर
जनकपुरधाम, असार २१ :

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ मा रहेको श्मसान घाटको संरक्षण र व्यवस्थित गर्न वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकामा सञ्चालित समृद्धिका लागि वन परियोजना अन्तर्गत श्मसान संरक्षण समूहले वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा नगरप्रमुख मनोजकुमार साहको विशेष उपस्थितिमा बृक्षारोपण गरिएको थियो । नगरप्रमुख साहले यो वन परियोजना जनकपुरधामका सबै २५ वटै वडामा सञ्चालनमा रहेको जानकारी दिए । उनका अनुसार यस परियोजनाबाट वातावरण संरक्षणमा टेवा पुग्नुका साथै भविष्यमा काठ उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

परियोजनाअन्तर्गत ३ हजारभन्दा बढी बिरुवा रोप्ने लक्ष्य राखिएको बताइएको छ । बृक्षारोपण कार्यक्रममा स्थानीय बासिन्दाहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
श्मसान घाटको हरियालीमय बनाउनुका साथै व्यवस्थित संरक्षणका लागि गरिएको यो पहललाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् ।