एसपी रिपोर्टर
काठमाणडौँ, चैत १२ : भारतीय नम्बर प्लेटको स्कर्पियोमा नेपाली नम्बर प्लेट हालेर चलाएको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का २१ वर्षीय ईश्वरी भण्डारी र भारतको नक्सालबारी पञ्चायतका ३५ वर्षीय निताई घोस रहेका छन्।झापाको मेचिनगर नगरपालिका–६ स्थित काँकडभिट्टा बसपार्क इलाकाबाट सशस्त्र प्रहरीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूले नक्कली च्यासिस र नेपाली नम्बर प्लेट राखी स्कर्पियो चलाइरहेको आरोप छ।नेपालबाट पुरानो गाडी भारतमा लगेर नयाँ गाडीमा नेपाली च्यासिस र नम्बर प्लेट राखी पुनः नेपाल ल्याउने कार्य भइरहेको सूचनाका आधारमा निगरानी बढाइएको थियो।
पक्राउ परेका दुवै जनालाई बरामद गाडीको २५ लाख रुपैयाँ मूल्य निर्धारण गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।