एसपी रिपोर्टर
जनकपुरधाम, चैत ९:
श्री महाविर युवा कमिटीको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन्। शुक्रबार आयोजित पदभार तथा शपथग्रहण समारोहमा नवनिर्वाचित अध्यक्ष दिपककुमार साहसहित ११ सदस्यीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले शपथ लिएका हुन्।
शपथ ग्रहण गर्ने पदाधिकारीहरूमा अध्यक्ष साहसहित उपाध्यक्ष अनिलकुमार साह, महासचिव भरतकुमार साह, सचिव प्रदीपकुमार साह, कोषाध्यक्ष अनिलकुमार प्रसाद तथा अन्य सदस्यहरू रहेका छन्।
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता विमलेन्द्र निधी, महावीर युवा कमिटीका पूर्व अध्यक्षहरू तथा विभिन्न क्लबका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।