एसपी रिपोर्टर
काठमाणडौं, चैत ९
: एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियाविरुद्धको खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली शनिबार मलेसिया पुगेको छ।

शुक्रबार सिंगापुरसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यहीँबाट मलेसिया प्रस्थान गरेको हो। नेपालले छनोट अन्तर्गत मार्च २५ मा मलेसियासँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ।