एसपी रिपोर्टर
काठमाणडौं , चैत ७ : सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि लिखित र ट्रायल परीक्षा पास गराउने आश्वासनमा रकम मागेको आरोपमा पक्राउ परेका १४ जना १० हजार धरौटीमा रिहा भएका छन्।
काठमाडौंको गोकर्णेश्वर–७ स्थित एक ट्रायल सेन्टरमा उनीहरूले विभिन्न आश्वासन दिएर रकम माग्दै हैरानी पारेको प्रहरीको भनाइ छ।प्रहरीले अभद्र व्यवहार कसुरमा अनुसन्धान गरी जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत धरौटीमा रिहा गरिएको जनाएको छ।