एसपी रिपोर्टर
रुपन्देही , चैत ६ : सम्मरीमाई गाउँपालिका-६ डिहुलीका ६५ वर्षीय रामबृज यादवको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ।
आफ्नै तरकारी बारीमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर बेहोस भएका उनलाई उपचारका लागि भीम अस्पताल, भैरहवा लगिएको थियो, जहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।