एसपी रिपोर्टर
रुकुमपूर्व,२८ फागुन : काठमाडौँबाट रुकुमकोटतर्फ जाँदै गरेको यात्रुबाहक बसमा बेहोस अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु भएको छ।
प्रदेश ३-०१-००५ ख ९५४२ नम्बरको घोडाघोडी समितिको बसमा अन्दाजी ५०-५५ वर्षीय पुरुष बेहोस अवस्थामा भेटिएका थिए।जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिमबहादुर केसीका अनुसार, उनलाई तत्काल जिल्ला अस्पताल रुकुम (पूर्व) रुकुमकोट पुर्याइएको भए पनि चिकित्सकहरूले बुधबार दिउँसो १२:२० बजे मृत घोषणा गरेका हुन्।बसको B1 नम्बरको सिटमा बसेका ती व्यक्तिलाई अन्य यात्रुहरूले अचेत अवस्थामा देखेपछि चालक र सहचालकले प्रहरीलाई खबर गरेका थिए।
मृतकका आफन्तहरूसँग सम्पर्क भइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





