एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ : नेपाल–भारत सम्बन्धमा काम गर्ने स्वैच्छिक संस्था नेपाल भारत मैत्री संगठनले महाकुम्भ मेलामा तीर्थयात्रीका लागि खनिःशुल्क शिविर र सञ्चालन गरेको आयोजकले बताएका छन् । महाकुम्भ स्नान गर्न पुग्ने नेपाली भक्तजनहरूलाई सहज रुपमा स्नान गराएर र आफ्नो घरमा पठाउने काम पनि संगठनले गरिरहेको छ ।
३८ दिनदेखि जारी महाकुम्भमा नेपालबाट गएका नेपालीहरुलाई नेपाल भारत मैत्री संगठनले महाकुम्भमा राम्रो सहजीकरण, व्यवस्थापन गरेर निःशुल्क रुपमा श्रद्धालुहरूलाई स्नान गराएर विभिन्न सहयोग र व्यवस्थापन गराइदिएको आयोजकको दावी छ । महाकुम्भ कार्यक्रमलाई सफल बनाउन नेपाल भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमार, आ–आफ्नो सहभागिता सुनिश्चित गर्नुका साथै नेपालबाट आउने भक्तजनको नुहाउने, खाने, बस्ने सहितका सहयोग पनि गर्ने काम गरेको नेपाल भारत मैत्री संगठनका केन्द्रीय सदस्य आशिष गुप्ताले जानकारी दिएका छन् ।

त्यसै क्रममा अनंतश्री विभूषित महामंडलेश्वर स्वामी देवस्वरूपानंद सरस्वती महा निर्वाणी अखाड़ामहन्तले जिले यो महाकुम्भ १४४ वर्षपछि लागेको कुम्भ र सबै ग्रह नक्षत्रलाई मिलेर यो नक्षत्र मिलेकाले उल्लाख देखिएको बताए । त्यसै क्रममा संचालक गंगा कल्पवास सेवा आश्रमका पण्डित उदय गंगा प्रसाद पांडेयले महाकुम्भमा मित्रराष्ट्र नेपालबाट आउने भक्तहरूको उत्साहित सहभागिता देखेर नेपाल अझै हिन्दु राष्ट्र नै रहेको आफुहरुले अनुभूति गरेको बताए ।
यो महाकुम्भमा ५६ करोड मान्छेहरू देश दुनियाँबाट आएर स्नान गरेर फर्केको अवस्था छ । शिवरात्री २६ फरवरीसम्म झण्डै ७० देखि ८० करोड मान्छेहरूले स्नान र अवलोकन गर्ने अनुमान महन्तले गरेका छन् । साथै संगठनले निःशुल्क रुपमा भण्डारा र प्रसादहरू समेत वितरण गर्दै आएको छ ।