एसपी रिपोर्टर
जनकपुरधाम, पुस ६ :
महिलावादी महिला मंचले जनकपुरधाममा मधेशमा प्रदेश स्तरीय सम्मेलन आयोजना गर्न लागेको छ ।
“न्याय, समानता र पर्यावरणीय अधिकारको सुनिश्चितता सामाजिक रुपान्तरण सहितको दिगो विकासमा निश्चितता” मुल नाराको साथ जनकपुरधाम स्थित महेन्द्रनारायण निधि संस्कृतिक प्रतिष्ठानमा हुन लागेको मंचले शुक्रवार एक पत्रकार सम्मेलन गरी जनाएको छ ।
महिला मानवाधिकारकर्मी श्यामकुमारी साहले दुई दिनसम्म चल्ने मंचको सम्मेलनमा साढे तीन सय भन्दा बढी महिला अधिकारकर्मीहरुको सहभागिता रहने उनले जनाएकी छिन् । उनका अनुसार सम्मेलनमा प्रदेश भरिका विभिन्न पालिकाका डेड सय भन्दा बढी महिला जनप्रतिनिधिहरुको सहभागिता रहनेछ ।
सम्मेलनमा महिलाको सम्स्या, महिलाको नेतृत्व स्विकार गर्न नसकेको वातावरणलगायतका समस्यामाथि व्यापक छलफल गरिने उनले बताइन् । महिलाहरुलाई अझै पनि दोश्रो दर्जाको नागरिकको रुपमा हेरिने लगायतको समस्याबारे समेत छलफल गरेर विशेष रणनीति पालिकामा रहेका महिला जनप्रतिनिधिहरुले महिला मैत्री कान्न निर्माण गर्न सहज हुने उद्देश्यले मंचको आयोजना हुन लागेको अधिकारकर्मी साहले बताईन ।
कार्यक्रममा मधेश प्रदेशका ८ वटै जिल्लाका १ सय ३६ वटा पालिकाका नवनिर्वाचित महिला जनप्रतिनिधिहरु,महिला मानवअधिकार रक्षकहरु, महिला अधिकार क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिहरु,स्थानीय सरकारका प्रतिनिधिहरु,सरकारका प्रतिनिधिहरुलगायतका ३ सय ५० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने जानकारी आयोजकले दिएको छ ।





