एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २८ :
बलजफ्ती कपाली तमसुक बनाइएको घटनामा विपक्षी मध्येका इन्द्रकुमार दासले आफूमाथि लगाइएको आरोप गलत रहेको दाबी गरेका छन् ।
हाल औरही गाउँपालिका वडा नम्बर १ निवासी इन्दकुमार दासले मंगलवार एक पत्रकार सम्मेलन आयोजना गरी खेतको लेनीदेनी मुद्दामा हंसपुर नगरपालिका ४ बस्ने रामआशिष दासले आफू सहित आफ्नो बुवा रामविलास दास कथबनिया र भाई रामपुकार दासमाथि यस्तो आरोप लगाएको दाबी गरे ।
आफ्नो बुवा रामआशिष दासले रामविलाससँग २०४४ सालमै १४ कट्ठा खेत जग्गा करीब ७ लाख रुपैयामा किनेको थियो । त्यो खेत आजसम्म रामआशिषले रजिष्ट्रेशन गरेको छैन । त्यो जग्गा रजिष्ट्रेशनका लागि पटक पटक दबाव दिंदै आएका छौं सो अन्तर्गत गाउँ र वडामा समेत कयौं पटक पंचायत भएको छ, आज गरिदिन्छु त भोली गरिदिन्छु भनी आलटाल गर्दै आएको छ । जग्गा रजिष्ट्रेशन नगर्ने मनसायले रामआशिषले आफूहरुमाथि यस्तो गलत आरोप लगाएको हो ।
इन्द्रकुमारले भने रामआशिषले आफूमाथि अपरहण गरेर कुटपिट गरेर बलजफ्ती कपाली तमसुक गराएको छ । जबकि उनले भनेको तमसुकमा आफ्ना परिवारको कुनैपनि सदस्यको संलग्नता नरहेको उनकै भनाई र उनले पत्रकारहरुलाई उपलब्ध गराएको तमसुकबाट प्रष्ट हुन्छ । पत्रकारहरुको जिज्ञासामा उनले भने कयौं व्यक्तिसँग रामआशिषले तमसुक गरी ऋण सापटी लिएका छन्, उजुरी दिनेमा ती मध्येकै कोही होला ।
उनले भने आफूले किनेको जग्गामा खेतीबारी सहितका भोगचलन गर्दै आएको छु । तर रामआशिषले सो जग्गा बैंकमा बन्धकी राखेका छन् । त्यसका लागि ऋण दिने बैंकलाई पनि भनिसकेका छु । सो बैंकले पनि रामआशिषलाई रजिष्ट्रेशन गरिदिन भन्दै आएको छ । आफ्नो जग्गा हतियाउन रामआशिषले आफूसहित आफ्ना परिवारका सदस्यमाथि अपहरण गरी बलजफ्ती कपाली तमसुक बनाएको भनी मनगढंत गलत आरोप लगाएको हो ।
इन्द्रकुमारले भने यति मात्र होइन कतै कोही जाइ नलागेपछि रामआशिषले आफूसहित आफ्ना परिवारका सदस्यहरु विरुद्ध जिल्ला प्रहरी कार्यालयमा समेत राजनीतिक मुद्दा म कांग्रेस हुँ र उ एमाले हो भनी कुटपिट गरी कपाली तमसुक बनाएको भनी उनले समेत जोहरी दिएका थिए । सो जाहेरीको आधारमा आफूलाई वैशाख २२ गतेका दिन ३ घण्टासम्म प्रहरीले थुन्यो पनि, पछि आफू कार्यरत गिद्धाबेला माविका प्रधानाध्यापकले आफ्नो जमानी बस्दा घटनाको छानबीन गरी प्रहरीले रिहा गरियो । घटनाको ६ महिनासम्म चुप्प लागेर बसेको थियो । यसबीचमा फेरी जग्गा रजिष्ट्रेशन गर्न दबाव दिएप्छि ६ महिना अघिको पुुरानो घटनालाई आधार बनाएका छन् ।
उनले थप्दै आफ्नो रेकर्ड प्रहरी कार्यालय र गाउँ समाजमा हेरे हुन्छ मैले कहाँ के चोरी डकैती वा कुटपिट गरेको छु , तर रामआशिषका छोरामाथि धनुषा र सिरहा जिल्लामा कयौं मुद्दा दर्ता छ । इन्द्रकुमारले भने घटनाको सत्यतथ्य छानबीन हुनुपर्छ यदि म दोषी हो भने मलाई कानून बमोजिम कारवाही हुनुपरयो । साथै उनले मेरो परिवारले किनेको जग्गा सम्बन्धित सरोकारवाला निकायले रजिष्ट्रेशन गराई दिनमा सहयोग गरिदिन आग्रह गरेका छन् ।