एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ५ : युवा नेतृत्वको बलवा नगरपालिकाको वडा नं. ११ आठसय घर परिवारलाई सुधारिएको चुल्हो वितरण गरिएको छ । वडा अध्यक्ष अशोक कुमार यादवले वातावरणको संरक्षण र पर्यावरनमा सुधारका लागि तत्काल ८ सय घर परिवारलाई चुल्हो वितरण गरिएको र वाँकी परिवारलाई पनि चुल्हो छिट्टै वितरण गर्ने बताए ।
वडा अध्यक्ष यादवले भने, ‘चुल्होको प्रयोग र सदुपयोगले वातावरणको संरक्षण मात्र नभई वायु प्रदुषण र पर्यावरणको रक्षा समेत हुनेछ ।’ लोसपाले टिकट नदिएपछि माओवादी केन्द्रबाट वडाअध्यक्षमा निर्वाचित यादव आफु वडाको विकासका लागि तत्पर रहेको बताए ।





