एसपी रिपोर्टर
जनकपुरधाम, असार १५ : किसानलाई मलखाद्य प्रदान गर्न सरकार चुकेको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले बताएका छन् । असार १५ धान दिवसको अवसरमा जनकपुरधामको नोचा पोखरी नजिकमा उपमहानगरपालिकाले आयोजना गरेको धान दिवस तथा रोपाई महोत्सव २०७९ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले बिना मलखाद्य किसानको उत्पादन असम्भव रहेपनि नेपाल सरकार मलखाद्य उपलब्ध गराउन चुकेको बताएका छन् ।
कार्यक्रमका उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सहितका कर्मचारीहरु, विभिन्न वडाका वडा अध्यक्षहरु सहितको सहभागिता थियो ।