एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १० : रौनियार सेवा समिति जनकपुरधामको युवा संगठन रौनियार युवा मञ्चले नयाँ कार्यसमिति पाएसंगै सक्रियता बढाएको छ । सन्तोष रौनियारको नेतृत्वमा बनेको नयाँ कार्यसमितिको सपथ ग्रहण तथा प्रमाण पत्र वितरण भएसंगै मञ्चले जनकपुरधाममा परोपकारी काम गरेको छ ।
जनकपुरधाम स्थित सदगुरु कविर बालआश्रममा मञ्चले खाद्यान्न तथा खेलकुद समाग्री सहयोग गरेको छ । आश्रमका बच्चाहरुलाई खान र खेल्न सहयोग गरिएको अध्यक्ष रौनियारले बताए । सो अवसरमा मञ्चका संजय गुप्ता, पंकज आजाद, विनय कुमार साह, रोहन गुप्ता, कृष्ण गुप्ता सहितको उपस्थिती थियो ।