एसपी रिपोर्टर
जनकपुरधाम, पुष १४ : भारत विहारको जोगबनीमा आयोजित अन्तराष्ट्रिय मिथिला महोत्सव २०२१ को अवसरमा नेपालका वरिष्ठ ईन्जिनियर भगवान झा पुनः सम्मान्ति भएका छन् । उनलाई ललित नारायण मिश्र स्मृती सम्मान प्रदान गरिएको छ । समाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाएवापत सो सम्मान प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ ।
महोत्सवमा नेपालको तर्फबाट प्रमुख अतिथि देशका प्रथम उपराष्ट्रपती परमानन्द झा र भारतका तर्फबाट प्रमुख अतिथि विहार सरकारका कला, संस्कृती तथा खेल मन्त्री आलोक रञ्जनले मिथिला क्षेत्र र मैथिली भाषा, कला संस्कृतीको विकासका लागि दुवै देशका मिथिलावासी एक हुनुपर्ने बताए ।
सिडिई झाले शुभकामना मन्तब्य राख्दै मिथिलाको विकासका लागि धेरै प्रत्यत्नहरु भएपनि दुवै देशको तर्फबाट हुनुपर्ने संस्थागत विकास र योजना ठोस रुपमा ल्याउनु पर्ने बताए । कार्यक्रममा बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा सहित साहित्यकार र विद्वानहरुको उपस्थिती थियो ।