एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १७ :
कोरोना कहर बढदै जाँदा पुनः सहयोगी हातहरु अगाडि आउन थालेका छन् । कोरोनावाट आफु पनि बच्न र अरुलाई पनि सुरक्षित राख्ने भरपर्दो साधन मास्क रहेको भन्दै जनकपुरधामको मुख्य नाका जिरोमाईलमा मास्क वितरण गरिएको छ । स्थानिय व्यवसायी निरज साह (मुन्ना) को सहयोग र प्रहरी चौकी जिरोमाइलको सहजीकरणमा एक हजार मास्क वितरण गरिएको छ ।

महोतरीको जलेश्वर सहितको विभिन्न ठाँउवाट जनकपुरधाम प्रवेश गर्ने मुख्य नाका मध्येको एक जिरोमाइलमा प्रह्री संगको समन्वय र सहकार्यमा आज करिव एक हजार मास्क वितरण गर्दै जनचेतना मुलक जानकारी समेत प्रदान गर्ने काम भएको व्यवसायी मुन्नाले बताए । सो कार्यमा प्रह्री चौकीका इन्चार्ज सहित प्रहरी जवानहरुको समेत सहभागिता थियो ।