एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १५ : प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले बृक्षारोपण अभियान थालेका छन् । आज आफना निजी सचिवालयमा नेपाली सेनाका जवानहरुलाई बिरुवाको बेर्ना प्रदान गर्दै बृक्षारोपणका लागि आग्रह गरेका छन् ।
‘एक सेना एक रुख’ अवधारणा सहित प्रदेश २ प्रमुख डा. अहिराजले नेपाली सेनाका जवानहरुलाई बेर्ना प्रदान गर्दै बृक्षारोपणका लागि प्रेरित गरेका छन् । वातावरण बचाउन बृक्ष आवश्यक रहेकाले बृक्षारोपणमा मात्र उत्तम विकल्प रहेको बुझाई प्रदेश २ प्रमुखको रहेको सचिवालयले जनाएको छ ।