एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ६ : जनकपुरधामकी एसिड पिडित आरती साहलाई आर्थिक सहयोग गरिएको छ । बैदेही ग्रुप अफ फाउन्डेशनले आफनै श्रीमानवाट एसिड पिडित साहलाई सहयोग भन्दै नगद दश हजार सहयोग गरेको छ ।
युवा अभियन्ता कैयुम राइनका अनुसार फाउन्डेशनले नगद दश हजार सहयोग गरेको र उनका सन्तानको पढाई लेखाईमा केहि भएपनि राहत होस भने उद्देश्यले युवा अभियन्ता वसन्त साह र स्वयम आफु गरि दुवैजना मिलेर आरतीको बच्चाहरुको लागि केहि फलफुल पढनलाई कपी र पेन्सिल सहयोग गरेका छन् । उनीहरुले आरतीको अपराधी उनका श्रीमान नै भएपनि कडा कारवाही गर्नुपर्ने मांग गरेका छन् ।