एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ६ :
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सरत सिंह भण्डारीले ओली समुहले पार्टीको मांगहरु सम्बोधन गरे ओलीसंगै पनि सहकार्य गर्न तयार रहेको बताएका छन् । महोतरीको भंगहा नगरपालिकाको वडा नं. ८ मा सोमवार केवल सिंह स्मृती भवनको समुदघाटन गर्दै उनले भने, ‘पार्टीको मांग सम्बोधन गर्नेसंग सहकार्य हुन्छ ।’

उनले परिआएको खण्डमा आफनै नेतृत्वमा समेत सरकार बनाउन पनि पछि नहटने बताए । पुर्व रक्षा मन्त्री भण्डारीले भने, ‘बैकल्पिक शक्ति बनेर दश वर्ष पछि सरकार चलाउने सोच्या थियौं तर सायद आवयश्कता अहिले नै आइपरेको छ ।’ बहुवर्षिय योजना अन्तर्गत तिन वर्ष लगाएर करिव ५८ को लागतमा निर्माण भएको भवनको समुदघाटन गरिएको छ ।

कार्यक्रममा भंगहा नगरपालिकाका मेयर सञ्जिव साह, प्रदेशसभा सदस्य जयनुल राइन, युवा नेताहरु ज्ञानेन्द्र झा ज्ञानु, रामेश्वर मण्डल, अशोक कुमार यादव सहितको सहभागिता रहेको थियो ।