एसपी रिपोर्टर
जनकपुरधाम, चैत १५ :
जनकपुरधाम उद्योग बाणिज्य संघले हिन्दुहरुको महान पर्व होलीको अवसरमा होली मिलन समारोहको आयोजना गरेको छ । नयाँ नेतृत्वका लागि चैत २८ गते हुने निर्वाचनको पुर्व सन्ध्यामा भएको होली मिलन समारोहमा वक्ताहरुले समक्ष नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष ललित कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा निवर्तमान अध्यक्ष शिव शंकर साह हिरा, जनकपुरधामका प्रमुख लालकिशोर साह, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला संघका पदाधिकारीहरु, पुर्व अध्यक्षहरु, निर्वाचनका विभिन्न पदका उम्मेदवारहरु, निर्वाचन समितिका संयोजक तथा सदस्यहरु सहित विभिन्न क्षेत्रका अगुवाहरुको सहभागिता थियो ।