एसपी रिपोर्टर
जनकपुरधाम, चैत १५ :
समाजसेवी तथा श्री जानकी आँखा अस्पतालका अध्यक्ष गंगाराम यादवले होली मिलन समारोहको आयोजना गरेका छन् । पुलचौक स्थित आफनो निवासमा आयोजना गरेको होली मिलन समारोहमा प्रदेश सांसद रामचन्द्र मण्डल, विदेह नगरपालिकाका प्रमुख वेचन दास, एमालेका नेता भोला साह सहित क्षेत्र नं. २ र ३ का एमालेकर्मीहरु युवा अगुवाहरुको उपस्थिती थियो ।

होरैया र जोगिरा गायन सहितको कार्यक्रममा एमालेका बयोबृद्व नेता समेत रहेका यादवले होलीमा सवै थोक भुलेर सदभाव र भाईचारा अगाडि बढाउनु पर्ने बताए । कार्यक्रममा अस्पतालका कर्मचारीहरुको समेत उपस्थिती थियो ।